
रोल्पा, भदौ २ । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् ।
भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा स्थानीय बलबहादुर बुढाले ढुंगाले हानेर बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ ।
रुख काटेको विषयमा उपभोक्ता समिति र बस्नेतबीच यसअघि नै मिलापत्र भइसके पनि मादकपदार्थ सेवन गरेका कारण उनीहरुबीच भएको विवादले उग्ररुप लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्