१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु


0
Shares

काठमाडौं, भदौ १ । लिटिल एन्जल्स स्कुलको आयोजनामा बुधबारदेखि एलए/जेटीआई अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु भएको छ ।

ललितपुरको हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा बुधबार बिहान एक समारोहकाबीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।

प्रतियोगिताको यो नवौं संस्करणमा विभिन्न ३४ विद्यालयका २ सय ४ खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा छात्रा र छात्रातर्फ ८ वर्ष, १० वर्ष, १२ वर्ष, १४ वर्ष, १६ वर्ष र मिक्स डबल्स गरी कुल १२ इभेन्ट्समा खेलहरु हुनेछन् ।