११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अमेरिकाले पाकिस्तानमा आतंकवादविरुद्ध कडा कारवाही गर्ने


0
Shares

काठमाडौं, भदौ १ । अमेरिकाले पाकिस्तानमा आतंकवादविरुद्ध कडा कारवाही गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकाली पाकिस्तानमा मौलाएको आतंकवाद निर्मूल पार्ने जनाएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता मार्क सी टोनरले पाकिस्तानमा आतंकवादले सीमा नाघेको भन्दै सो नियन्त्रणका लागि ठोस कदम चालिने बताएका हुन् ।

यसैबीच पाकिस्तानले भारतलाई छलफलका लागि आग्रह गरेको छ । यद्यपि, भारतले भने पाकिस्तानले भारतीय अतिवादीलाई साथ दिने गरेको भन्दै त्यस्तालाई सघाउन छाडेमा मात्रै छलफल अघि बढ्ने जवाफ दिएको छ । जम्मु कश्मीरको विषयमा पछिल्लो समय पाकिस्तान र भारतबीच मनमुटाव झनै बढेको छ । (एजेन्सी)