
काठमाडौं, भदौ १ । रुसले सिरियामा हवाई हमला गर्न इरानको हवाई अड्डा प्रयोग गर्ने गरेको खुलासा गरेको छ ।
रुसको रक्षा मन्त्रालयले सिरियाको एलेप्पो, इदलिव र डेर प्रान्तमा गरिएका हवाई हमलामा इरानको हवाई अड्डा प्रयोग गर्ने गरिएको खुलासा गरेको हो ।
रुसले सिरियाली राष्ट्रपति बसर अल असदको पक्षमा सिरियाली बिद्रोहीबिरुद्ध हमला गर्दै आएको छ ।
सिरियाली राष्ट्रपतिको समर्थनमा रहेको देश इरानले सिरियालाई विगत पाँच वर्षदेखि सैन्य र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
रुसी गठबन्धन सेनाले गरेको पछिल्लो हवाई हमलामा २७ जना मारिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्