११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्छु : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, साउन ३२ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्ने प्रतिक्रिया दिएका छन् ।

अमेरिकाको ओहायोमा सम्बोधन गर्दै ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रबासीको स्क्रिनिङ गर्ने आफ्नो योजना सार्वजनिक गरे । सम्बोधनकै क्रममा ट्रम्पले केही देशका नागरिकलाई भिसा दिने ब्यबस्था खारेज गरिने जानकारी समेत दिए ।

यद्यपी भीसा खारेज गर्ने देशको नाम भने सार्वजनिक गरेनन् । विश्वबाट आतंकवादलाई निर्मूल पार्न अन्य राष्ट्रको समेत सहयोग लिइने बताउँदै ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति निर्वाचित भएमा बिश्वबाटै आतंकबाद परास्त हुने दाबी समेत गरे ।