२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपालका सरकारी संरचना कमजोर रहेको भन्दै राष्ट्रसंघमार्फत सहयोग रकम खर्च गर्ने भारतको प्रस्ताव


0
Shares

काठमाडौं, साउन ३२ । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न आफूले व्यक्त गरेको प्रतिवद्धताअनुसारको सहायता रकम संयुक्त राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव भारतले नेपाल सरकारसमक्ष ल्याएको छ ।

नेपालका सरकारी संरचना कमजोर रहेको र उनीहरुका कामकारबाही प्रभावकारी हुन नसकेको भन्दै भारतले पुनर्निर्माणका लागि व्यक्त प्रतिवद्धताको रकम राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव ल्याएको हो ।

‘पुनर्निर्माणका लागि भारतले व्यक्त गरेका प्रतिवद्धताको रकम राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव आएको छ । त्यसबारे छलफल पनि भइरहेको छ, तर छलफल निष्कर्षमा पुगिसकेको छैन,’ नेपाल सरकारका एक उच्च अधिकारीले भने, ‘दाताहरुले आफ्नो चाहनाअनुसार रकम खर्च गराउने प्रस्ताव ल्याउने गर्छन् तर त्यसलाई नेपालको प्राथमिकताका आधारमा उपयोग गरिनुपर्छ ।’

भारतीय दूतावास र राष्ट्रसंघका स्रोतहरुले पनि भारते राष्ट्रसंघमार्फत पुनर्निर्माणमा खर्च गराउन चाहेको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार व्यक्त प्रतिबद्धताअनुसारको रकम पुनर्निर्माणमा खर्च गर्ने गरी त्यसबापत लाग्ने प्रशासनिक खर्चका लागि भारतले छुट्टै रकम उपलब्ध गराउन सक्नेबारे पनि छलफल भइरहेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट