११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


१९ वर्षअघि शिशु चोर्नेलाई १० वर्ष जेल, चोरीमा परेकीले बाबुआमासँग बस्न मानिनन्


0
Shares

काठमाडौं, साउन ३१ । दक्षिण अफ्रिकाको एक अदालतले १९ वर्षअघि अस्पतालबाट एकजना शिशु चोर्ने महिलालाई १० वर्षको जेल सजाय सुनाएको छ ।

ती महिलाले चोरेको शिशुलाई आफ्नो बताउँदै आएकी थिइन् ।

शिशुलाई उनले जन्मेको तीन दिनपछि चोरेकी थिइन । तर, उनले दाबी गरेकी छोरी जेफानी र स्थानीय अर्की स्कुले छात्राको अनुहार उस्तै भएपछि यस विषयमा अनुसन्धान सुरु भएको थियो ।

प्रहरीले डीएनए परीक्षणपछि दुबैजना दिदी–बहिनी भएको खुलासा भएको थियो ।

शिशु चोर्ने ५१ वर्षीया महिला सन् २०१५ मा पक्राउ परेकी थिइन् । जेफानीले आफ्ना वास्तविक बाबुआमासँग सम्बन्ध नराख्ने, आफूलाई अपहरण गर्ने महिलालाई आमा नै मान्ने र आफूलाई हुर्काउने व्यक्तिसँगै बस्नेसमेत बताएकी छन् ।

ती दुई परिवार एउटै क्षेत्रमा केही किलोमिटर आसपास बसोबास गर्दै आएका छन् । (एजेन्सी)