१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सय मिटर दौडमा बोल्टलाई लगातार तेस्रो पटक ओलम्पिक स्वर्ण


0
Shares

काठमाडौं, साउन ३१ । जमैकाका धावक उसेन बोल्टले रियो ओलम्पिकको पुरुष सय मिटर दौडतर्फ स्वर्ण पदक जितेका छन् ।

आज बिहान भएको फाईनलमा निर्धारित दुरी ९ दशमलव ८१ सेकेण्डमा पुरा गर्दै बोल्टले लगातार तेस्रो पटक ओलम्पिक स्वर्ण जितेका हुन् । यो स्पर्धामा अमेरिकन धावक जस्टिन ग्याट्लीन दोस्रो भए भने क्यानाडका आन्द्रे डे गासे तेस्रो भए ।

बोल्टले यसअघि सन् २००८ को बेईजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए ।

रियो ओलम्पिकमा बोल्टले अब पुरुष २ सय मिटर तथा चार गुणा सय मिटर रिलेमा दौडिन बाँकी छ । बेईजिङ र लण्डन ओलम्पिकमा पनि बोल्टले तीनवटै ईभेन्टमा स्वर्ण पदक जितेका थिए ।

बोल्टले अर्को वर्ष हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागि भएपछि एथ्लेटिक्स खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।