१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


म्यान्चेस्टर युनाईटेड र लिरभपुल विजयी


0
Shares

काठमाडौं, साउन ३१ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड र लिरभपुल विजयी भएका छन् ।

नयाँ प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ३-१ ले हराएको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा, वायन रुनी र ज्लाटन ईब्राहिमोभिचले एक एक गोल गरे । बर्नमाउथका एडम स्मिथले एक गोल फर्काए ।

राती भएको अर्को खेलमा लिभरपुलले आर्सनलालाई ४-३ ले हराएको छ । खेलमा लिभरपुललाई विजयी गराउन फिलिप कौटिन्होले दुई गोल गरेभने एडम लालाना र सादियो मानेले एक एक गोल गरे ।

पराजित टोली आर्सनलका थियो वाल्कोट, अलेक्स चेम्बरलिन र क्यालम चेम्बर्सले एक एक गोल गरे । प्रिमियर लिग फुटबलमा आज चेल्सीले लण्डन प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।