
काठमाडौं, साउन ३१ । अमेरिकामा एउटा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अलाबामामा भएको उक्त विमान दुर्घटनामा विवाहित तीन जोडी परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तुस्कालोसा विमानस्थलनजिकै उक्त विमान दुर्घटना भएको थियो । उनीहरु फ्लोरिडामा भएको डेन्टल कन्फेरेन्सबाट भाग लिएर फर्कदै गरेको बताइएको छ ।
जसमा दुई जना अक्सफोर्डका दन्त चिकित्सक रहेका थिए । दुर्घटनामा आमाबाबुको निधन भएपछि ११ जना बच्चा भने टुहुरा बनेको जनाइएको छ । विमानस्थलनजिकैको रुपमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्