११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बोको हरामको कब्जामा रहेका छात्राको भिडियो सार्वजनिक, केही छात्रा ‘आमा’ बनिसकेको आशंका


0
Shares

नाइजेरिया, साउन ३० । नाइजेरियामा इस्लामिक समुह ‘बोको हराम’ले चिवोकबाट अपहरण गरेका केही स्कुले छात्राको भिडियो सार्वजनिक गरेको छ ।

५० भन्दा बढी छात्राको पछाडि बोको हराम लडाकु देखिएका छन् । बोको हरामले अपहरित बालिकालाई आफ्ना लडाकुको रिहाईको शर्तका रुपमा अगाडि सारेको छ । उत्तरी चिवोकको विद्यालयबाट अपहरित २७६ मध्ये अझै पनि २१९ जना बोको हरामको कब्जामा रहेको विश्वास गरिन्छ । केही भने भाग्न सफल भएका थिए ।

यसअघि पनि बोको हरामले दुई पटक अपहरित छात्राको भिडियो सार्वजनिक गरेको थियो । भिडियोमा देखाइएका केही छात्राले भने बच्चा समेत लिएका छन् । अपहरित छात्रा यौन हिंसाको शिकार भएको उनीहरुलाई लडाकुहरुले जबरजस्ती विवाह गरेको आशंका गरिएको छ । (एजेन्सी)