१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


श्रीमानको हत्या गरेको आरोपमा २५ वर्षीय महिला पक्राउ


0
Shares

कपिलवस्तु, साउन ३० । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–१ वैरिया बस्ने २५ बर्षीया दुर्गा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले आइतबार घरायसी झै–झगडामा २९ बर्षीय श्रीमान शंकर न्यौपानेलाई ढुंगा र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले घटनालगत्तै दुर्गालाई पक्राउ गरेको हो ।