११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रहरी कारवाहीमा २३ वर्षीय युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो


0
Shares

वासिंटन, साउन ३० । अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ ।

प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ । कारमा रहेका ती युवकलाई प्रहरीले रोक्ने प्रयास गर्दा भागेपछि सुरक्षा कारवाहीमा उनी मारिएको मिल्वाकी प्रहरीले जनाएको छ ।

प्रहरीले मारिने व्यक्तिको पहिचान खुलाएको छैन भने उनलाई गोली हान्ने प्रहरी अधिकारीको नाम पनि गोप्य राखेको छ ।

अमेरिकामा पछिल्लो समय प्रहरी कारवाहीमा काला जातिका व्यक्ति मारिएपछि विरोध प्रदर्शन चर्किने गरेको छ । (एजेन्सी)