११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


न्यूयोर्कको सडकमै मुस्लिम पुजारी र अर्का एकको हत्या


0
Shares

काठमाडौं, साउन ३० । अमेरिकाको न्यूयोर्कमा एक मस्जिदका मुस्लिम पुजारी र अर्का एक जनाको हत्या गरिएको छ ।

न्यूयोर्कको सडकमा हिड्दै गरेका बेला पछाडीबाट गोली हानेर उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका ५५ वर्षीय ईमाम मौलामा अकोन्जी दुई वर्ष अगाडि बंगलादेशबाट अमेरिका छिरेका व्यक्ति हुन् ।

धार्मिक आस्थाकै कारण उनको हत्या गरिएको हो वा अरु केही भन्ने अझै खुलेको छैन । अहिलेसम्म कसैलाई पनि पक्रिएको भने छैन ।(एजेन्सी)