११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


रुसद्धारा क्राइमियाको विवादित क्षेत्रमा अत्याधुनिक मिसाइल तैनाथ


0
Shares

काठमाडौं, साउन २९ । रुसले क्राइमियाको विवादित क्षेत्रमा अत्याधुनिक मिसाइल तैनाथ गरेको छ । सन् २०१४ मा युक्रेनबाट अलग भएको घोषणा गरेको क्राइमियाको विवादित क्षेत्रमा रुसले एस–४०० मिसाइल तैनाथ गरेको दाबी गरेको छ

क्राइमियाको विषयमा रुस र युक्रेनबीच विवाद चल्दै आएको छ । क्राइमियालाई युक्रेनबाट अलग गराउन रुसको भूमिका छ ।

रुसले केही समयअघि युक्रेनमाथि घुसपैठ गरेको आरोप लगाउँदै युक्रेन आगोसँग खेलेको भन्दै चेतावनी दिएको थियो ।

युक्रेनले सबै आरोप अस्वीकार गरे पनि रुसले क्राइमियाको सीमा क्षेत्रमा सैनिक खटाएको हो । यस्तै दोनेस्क र लुहान्स्कमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रका सीमामा पनि युक्रेनले सैनिक खटाएको छ । (एजेन्सी)