
बुटवल, साउन २८ । बुटवलमा विहीबार राति कालिकानगरमा भाडाको घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ घर भइ व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो ।
मृतकका पति बुटवलस्थित जेसिजचोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढिकुटीको कारोबार सन्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।
उनका पति काठमाडौं सामान लिन गएको र दुई सन्तान काठमाडौंमा बसी अध्ययन गर्दै आएकाले घरमा उनीमात्र एक्लै भएको मौका छोपेर हत्या गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्