११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


थाइल्याण्डको एक रिसोर्टमा विस्फोट, एकजनाको मृत्यु


0
Shares

बैंकक, साउन २८ । थाइल्यान्डको चर्चित ह्वा हिन रिसोर्टमा गराइएका दुईवटा बम विस्फोटमा एक महिलाको मृत्यु भएको छ ।

विस्फोटमा केही विदेशी पर्यटकसहित १९ जना घाइते भएका छन् । ५० मिटरको दुरीमा रहेका दुईवटा गमलामा राखिएका बम आधा घण्टाको फरकमा विस्फोट गराइएको हो ।

मोबाइलमार्फत् बम विस्फोट गराइएको बताइएको छ । तटीय क्षेत्रमा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै लोकप्रिय छ ।

थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा विस्फोटका घटना सामान्यजस्तै भए पनि यसअघि पर्यटकीय क्षेत्रमा भने आक्रमण हुने गरेका थिएनन् । घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)