१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


तीन वर्षपछि फुटबलमा फर्किएको एनआरटी सेमिफाइनलमा


0
Shares

चितवन, साउन २६ । न्यूरोड टिम (एनआरटी) चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तीन वर्षपछि फुटबलमा फर्किएको एनआरटीले चितवनको नारायणगढमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा बुधबार नारायणगढ फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएको हो ।

विजयी टिमका लागि दुबै गोल विश्व गुरुङले गरे ।

एनआरटीले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र वीरगन्ज युथ एकेडेमीबीचको विजेतासँग खेल्नेछ ।

यस्तै, बुधबारै भएको अर्को खेलमा ब्वाइज युनियन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्वाइज युनियनले भरतपुर फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–१ ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएको हो ।

निर्धारित् ९० मिनेटसम्म दुबै टिमले ३–३ गोल गरेपछि ‘पेनाल्टी सुटआउट’मा निर्णय भएको हो ।

ब्वाइज युनियनले अब क्वार्टरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् बिहीबार पनि दुई खेल हुँदैछन् ।