१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


श्रीमान्–श्रीमतीको शव बन्दकोठामा सडेको अवस्थामा भेटियो


0
Shares

संखुवासभा, साउन २६ । संखुवासभाको बाला गाउँ विकास समिति वडा नम्बर–८ दाङसिलामा एक दम्पती बुधबार मृत अवस्थामा भेटिएका छन् ।

५६ वर्षीय केशर राई र उनकी श्रीमती ४० वर्षीया जीना राई आफ्नै घरमा मृत फेलापरेका हुन् ।

मृत अवस्थामा भेटिएका दुबैको शव सडेको अवस्थामा बन्दकोठामा भेटिएको प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।

मृतक दम्पतीको घर जंगलछेउ एकान्तमा रहेकाले घरभित्रबाट गन्ध आएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।