११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


गुडिरहेको रेलको छत काटेर करिब ६ करोड भारु लुटियो


0
Shares

चेन्नई, साउन २६ । भारतमा गुडिरहेको रेलबाटै करिब ६ करोड भारतीय रुपैयाँ फिल्मी शैलीमा लुटिएको छ ।

केन्द्रीय रिजर्भ बैंकको सो रकम गुडिरहेको रेलको छत काटेर लुटेराले लगेका हुन् ।

सलेमबाट सोमबार राति चेन्नई जाँदै गरेको रेलमा सो घटना भएको हो । भारतीय संचारमाध्यमका अनुसार बैंकको ३४२ करोड रुपैयाँ रेलको एउटा डिब्बामा राखिएको थियो । छेउको अर्को डिब्बामा सुरक्षाकर्मी थिए । तर रातको समयमा लुटेराले रेलको छट काटेर ८ करोड ८० लाख रुपैयाँ लिएर फरार भएका छन् ।

सो रकम लुट्ने गिरोहका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

छतमा करिब दुई वर्गफिटको प्वाल पारिएको छ । (एजेन्सी)