१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


माईकल फेल्प्सले पुर्‍याए २१ पदक


0
Shares

काठमाडौं, साउन २६ । अमेरिकी पौडीवाज माईकल फेल्प्सले ओलम्पिकमा आफ्नो कीर्तिमानी पदक संख्यालाई २१ पुर्‍याएका छन् ।

रियो ओलम्पिकअन्तर्गत बुधबार बिहान भएको पुरुष २ सय मिटर बटरफ्लाई र ४ गुणा दुई सय मिटर रिलेमा फेल्प्सले स्वर्ण पदक जितेका हुन् ।

चार वर्ष अघि सम्पन्न लण्डन ओलम्पिकमा दुई सय मिटर बटरफ्लाईमा दक्षिण अफ्रिकाका पौडीवाज साड ले क्लोससँग हारेका फेल्प्सले यसपटक तीनै खेलाडीलाई हराएर उपाधि जितेका हुन् ।

ओलम्पिकको इतिहासमै सर्वाधिक स्वर्ण पदक जितेका खेलाडी फेल्प्सले सोही प्रतिस्पर्धीसँग अब सय मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् ।