
सेन्ट मार्टिन, साउन २६ । क्यारेबियन द्वीप सेन्ट मार्टिन पर्यटकहरुको आकर्षको केन्द्र पनि हो । यहाँ समुद्री तटमा मनोरञ्जनका लागि पर्यटकहरु आउने गर्दछन् ।
यो द्वीपमा पर्यटकहरु आकर्षित हुने मुख्य कारण विमान उडान र अवतरणको दृष्य अवलोकन गर्नु नै हो । समुद्र तट नजिकै विमानस्थल रहेका कारण यहाँ समुद्री किनारमा बसेर निकै नजिकबाट विमान उडान र अवतरणको दृष्य देख्न सकिन्छ ।
कुनै विमानहरु त मानिसको टाउकोबाट केही फिटमात्र माथिबाट उडान र अवतरण गर्दछन् । यस क्रममा मानिसहरु विमान खस्न लागेको अनुभूतिसमेत गर्दछन् । कोही त विमानलाई यति नजिक देखेर डराउँदै जमिनमा सुत्ने गरेको दृष्य पनि अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका छन् ।
विशाल विमानको आवाजले हुन सक्ने खतराबारे पर्यटकलाई सचेत गराइएको हुन्छ । विमान उडान र अवतरणको दृष्यसँगै सेल्फी लिनेहरुको संख्या पनि यहाँ उल्लेख्य रहने गरेको छ ।
८७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो द्वीप दुई भागमा बाँडिएको छ । एक भाग नेदरल्याण्डको अधिनमा छ भने अर्को भाग फ्रान्सको अधिनमा छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्