११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हिलारी क्लिन्टनबिरुद्ध मानहानीको मुद्दा दायर


0
Shares

काठमाडौं, साउन २६ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध मुद्दा दायर भएको छ । सन् २०१२ मा लिबियाको बनगाजी शहरमा मारिएका दुई जना अमेरिकी युवाका परिवारले क्लिन्टन बिरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका हुन् ।

योसँगै क्लिन्टनको प्रख्यातिमा केही असर पुगेको छ । लिबियाको बेन्गाजी शहरमा मारिएका दुई अमेरिकी युवाका परिवारले हिलारी क्लिन्टनको सामाजिक सञ्जाल इमेलको चुहावटका कारण आफ्ना सन्तान गुमाउनु परेको भन्दै मानहानीको मुद्दा दायर गरेका हुन् ।

यद्यपी यस विषयमा अमेरिकाको हाउस अफ रिपब्लिकन हाउस अफ कमिटीले सफाई दिइसकेको छ ।

सन् २०१२ मा अमेरिकाको कुटनीतिक नियोगका प्रतिनिधि बस्ने कम्पाउण्डमा आतंकवादी हमला हुँदा चार अमेरिकी नागरिक मारिएका थिए । (एजेन्सी)