
काठमाडौं, साउन २५ । राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्ने अभियानमा लागेका महावीर पुनले अब सरकारसँग सहयोग नमाग्ने बताएका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफू रकम जुटाउन जनतासमक्ष पुगिसकेको भन्दै ‘अब सरकारको सहयोग चाहिँदैन’–भने ।
अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५ करोड रुपैयाँ दिने बताएको तर आफूले ५० करोड मागेको भने उनले स्वीकार गरे ।
प्रतिक्रिया दिनुहोस्