११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


इरोम शर्मिला किन बसिन् १६ वर्ष अनशन ?


0
Shares

काठमाडौं, साउन २५ । भारतमा विवादास्पद कानुन ‘आफ्स्पा’को विरोधमा १६ वर्षदेखि अनशनरत् इरोम शर्मिलाले मंगलबार अनशन ताडेकी छन् । अनशन तोड्नुअघि शर्मिलाले आफू स्वतन्त्र हुन चाहेको बताइन् ।

अदालतलाई दिएको बयानमा उनले राजनीतिमात्र नभइ समाज नै दुर्गन्धित भएको भएको बताइन् ।

आफूले महात्मा गान्धीको सिद्धान्तको पालना गरेको र अब रणनीति बदल्ने उनको भनाइ छ ।

आगामी निर्वाचनमा मनिपुरबाट स्वतन्त्र उम्मेदवारकारुपमा उठ्ने तयारीमा शर्मिला रहेको बताइएको छ ।

आफ्स्पा कानुन भारतको मनिपुर, कस्मिरलगायत भारतका विभिन्न राज्यमा लागू छ । यो कानुनअनुसार सेनाले बिना पक्राउपूर्जी कसैलाई पनि पक्रन र केही परिस्थितिमा गोलीसमेत हानेर मार्न सक्दछ ।

भारतीय सेनाले यही कानुनको आडमा १० जनाको हत्या गरेपछि शर्मिलाले अनशन सुरु गरेकी थिइन् ।

यसक्रममा धेरै समय उनी न्यायिक हिरासतमा रहेकी थिइन् । (एजेन्सी)