१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


रियो ओलम्पिकमा चीनलाई अमेरिकाले उछिन्यो


0
Shares

काठमाडौं, साउन २४ । रियो ओलम्पिकको पदक तालिकामा हालसम्म अमेरिकाले अग्रता लिएको छ । कुल ५ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।

५ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको चीन दोस्रो स्थानमा छ भने तेस्रो स्थानको अष्ट्रेलियाले ४ स्वर्ण पदक जितेको छ । चौथो, पाँचौ र छैठौं स्थानमा रहेका ईटाली, जापान र हंगेरीले समान ३/३ स्वर्ण जितेका छन् ।
रियो ओलम्पिकमा अहिलेसम्म रुस, दक्षिण कोरिया र थाईल्याण्डले २/२ वटा स्वर्ण पदक जितेका छन् ।

यसैगरी बेलायत, ब्राजिल, स्विडेन, चाईनिज ताईपेई, बेल्जियम, अर्जेन्टिना, कोलम्बिया, क्रोएसिया, कोसोभो, नेदरल्याण्ड्स र भियतनामले पनि एक–एक वटा स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा सहभागि २ सय ७ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

रियो ओलम्पिकमा आज विभिन्न ९ खेलमा स्वर्ण पदकका लागि खेलहरु हुनेछन् । यी ९ खेलहरु क्यानोईङ, डाईभिङ, घोडचढी, फेन्सिङ, जिम्न्याष्टिक, जुडो, शुटिङ, पौडी र भारत्तोलन रहेका छन् ।