
राजस्थान, साउन २४ । भारतको राजस्थानमा सोमबार बिहान ५० विद्यार्थी सवार एउटा बस नदीमा खसेको छ ।
अविरल वर्षाका कारण बाढीले सडक ढाकेको समयमा बस नदीमा खसेको हो । स्थानीयको पहलमा बसका सबै विद्यार्थीलाई सकुशल उद्धार गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
भीलवाडाको बिजौलिया क्षेत्रमा पुलको बीचमा पुगेपछि बाढीका कारण बसको सन्तुलन बिग्रिएर तल खसेको हो । बाढीले बसको अधिकांश भाग ढाकेको थियो । स्थानीयले बसको सिसा फुटाएर सबै विद्यार्थीलाई बाहिर निकालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्