
सुनसरी, साउन २४ । सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीले हतियारसहित दुई जनालाई पक्रेको छ ।
आइतबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकही सडक खण्डमा सुरक्षा जाँचका क्रममा अत्याधुनिक इटालियन पेस्तोलसहित इटहरी उपमहानगरपालिका वडा नम्बर २१ का छेदनलाल चौधरी र सोही स्थानका अरविन्द चौधरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताए ।
पक्राउ परेकाहरुबाट प्रहरीले ७ दशमलव ६५ एम एमको नौ राउण्ड अटोमेटिक इटालीयन पेस्तोल, २ राउण्ड गोली र पेस्तोलको म्याग्जिन र मोटरसाइकल समेत बरामत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्