१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर


0
Shares

काठमाडौं, साउन २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ढुंगानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार २५४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार ढुंगेल ऋण असुली अधिकृतका रुपमा रहँदा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर पाइएकोे अनुसन्धानका क्रममा खुलेको छ ।

ढुंगाना तथा उनकी श्रीमती कौशिलाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता पुस्करले जनाएका छन् ।