१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कोलकातामा नेपालका पर्शुराम, सरिता र एलिसालाई स्वर्ण


0
Shares

                                                                 पर्शुराम बाँस्तोला

काठमाडौं, साउन २२ । भारतको कोलकातामा जारी दोस्रो अन्तर्राष्ट्रिय कराँते च्यापिम्पयनसिपको पहिलो दिन नेपाली खेलाडीले तीन स्वर्णपदक जितेका छन् ।

पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए ।

पर्शुरामले बंगलादेशलाई ५–०, सिंगापुरलाई ३–२ तथा भारतलाई ५–० ले पराजित गरे । सरिताले भारतलाई ३–२, सिंगापुरलाई ४–१ तथा बंगलादेशलाई ५–० ले हराइन् ।

महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४–२ ले पाखा लगाएकी थिइन् ।

त्यसअघि, एलिसाले भारतलाई ८–० र सिंगापुरलाई ५–४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ ।

पुरुष ६७ केजीमा मोहन कार्कीले काँस्यपदकमा चित्त बुझाए । पहिलो चरणमा भारतलाई ६–० ले निराश पारेका मोहनले क्वाटर्रफाइनलमा बंगलादेशी खेलाडीलाई ४–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसँग ४–६ ले चुकेपछि काँस्यमा सीमित भएका हुन् ।