१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकमा महिला फुटबलतर्फ ब्राजिलको विजयी सुरुवात


0
Shares

काठमाडौं, साउन २० । आयोजक ब्राजिलले ओलम्पिक प्रतियोगिताको महिला फुटबलतर्फ विजयी सुरुवात गरेको छ ।

समुह इ अन्तर्गत बुधबार राति भएको खेलमा ब्राजिलले चिनिया महिला टोलीलाई ३-० ले हरायो ।

यही समुहको अर्को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्‍यो । समुह एफ का खेलमा क्यानाडाले अष्ट्रेलियालाई २-० ले हराउँदा जर्मनीले जिम्बाबेलाई ६-१ ले पराजित गर्‍यो ।

यसैगरी समुह जी को खेलमा अमेरिकाले न्युजिल्याण्डलाई २–० ले हरायो । ओलम्पिक गेम्समा पुरुषतर्फका फुटबल खेलहरु आजबाट हुनेछन् ।