११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


ओलम्पिकमा फुटबलका खेलहरु आजबाट सुरु, कुन-कुन टिम भिड्दैछन् ?


0
Shares

काठमाडौं, साउन १९ । रियो ओलम्पिकअन्तर्गत फुटबलका खेलहरु आजबाट सुरु हुँदैछन् । ब्राजिलको रियो दि जेनेरियामो यही शुक्रवार रियो ओलम्पिकको औपचारिक उद्घाटन हुनेछ ।

तर फुटबलका खेलहरु भने दुई दिन अगावै सुरु हुँदैछन् । आज फुटबलको महिला ईभेन्टतर्फ स्विडेन र दक्षिण अफ्रिका भिड्दैछन् । पुरुषतर्फ बिहीबार हुने खेलमा इराकले डेनमार्कको सामना गर्नेछ ।

रियो अ‍ोलम्पिकको फुटबलमा पुरुषतर्फ १६ टीम तथा महिलातर्फ १२ टीम सहभागि छन् । कुल ५८ खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन अगावै ओलम्पिकका खेल सुरु भएका हुन् ।

ओलम्पिक फुटबलको पुरुषतर्फ समुह ए मा ब्राजिल, दक्षिण अफ्रिका, इराक र डेनमार्क, समुह बी मा स्विडेन, कोलम्बिया, नाईजेरिया र जापान, समुह सी मा फीजी, दक्षिण कोरिया, मेक्सिको र जर्मनी तथा समुह डी मा होण्डुरस, अर्जेन्टिना, पोर्चुगल र अल्जेरिया रहेका छन् ।

यसैगरी महिलातर्फ समुह ए मा ब्राजिल, चीन, स्विडेन र दक्षिण अफ्रिका, समुह बी मा क्यानाडा, अष्ट्रेलिया, जिम्बाबे र जर्मनी तथा समुह सी मा अमेरिका, न्युजिल्याण्ड, फ्रान्स र कोलम्बिया रहेका छन् ।