१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टर्कीमा ‘भगुवा’ सैनिक जंगलबाट पक्राउ, ‘कू’को योजनाकार को ?


0
Shares

काठमाडौं, साउन १७ । टर्कीमा दुई हप्ताअघिको विफल ‘कू’का क्रममा राष्ट्रपति रिसेप तैयप अर्दोगानलाई पक्राउ गर्ने प्रयासमा संलग्न रहेका केही सैनिकलाई पक्राउ गरिएको छ । ती भगुवा सैनिकलाई जंगलबाट पक्राउ गरिएको हो ।

सेनाको एक समूहले ‘कू’को प्रयास गरिरहेको रात अर्दोगान बिदा मनाउन दक्षिण पश्चिमी मार्मारिसको रिसोर्टमा थिए । होटेलमा छापा मारिनुअघि नै उनी त्यहाँबाट भाग्न सफल भएका थिए ।

त्यसपछि टेलिभिजनमा मोबाइलबाट बोल्दै अर्दोगानले जनतालाई सडकमा उत्रन आह्वान गरेका थिए ।

टर्कीमा ‘कू’विफल भएपछि यसमा संलग्न भएको आशंकामा सेना, न्यायालय, सरकारी सेवा र शिक्षा क्षेत्रका दशौं हजारलाई पक्राउ गरिएको छ भने केहीलाई सेवाबाट हटाइएको छ । त्यस्तै, केहीलाई निलम्बन गरिएको छ ।

टर्किस अधिकारीहरुले अमेरिकामा रहेका टर्कीस धर्मगुरु फत्तेउल्लाह गुलेन ‘कू’को योजनाकार रहेको दाबी गरेपनि गुलेनले आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)