१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेपाल कप आमन्त्रण फुटबल साउन २४ देखि चितवनमा, एनआरटीको पुनरागमन हुँदै


0
Shares

काठमाडौं, साउन १७ । चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन २४ गतेदेखि चितवनमा हुने भएको छ ।

स्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका १० टोलीको सहभागिता हुनेछ ।

यो प्रतियोगिताबाटै न्यूरोड टिम (एनआरटी)ले फुटबलमा पुनरागमन गर्दैछ । तीन वर्षअघि लिग खेल्न छाडेको एनआरटीले यसैपालादेखि ‘बी’ डिभिजन लिग पनि खेल्ने जनाएको छ ।

प्रतियोगितामा एनआरटी र ब्वाइज युनियनसँगै तीन विभागीय तथा मोफसलका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले तीन लाख तथा उपविजेता टिमले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी जनाएको छ ।