
काठमाडौं, साउन १७ । अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट भएको छ । विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो ।
विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो । विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको छ ।
तालिवानले घटनाको जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोलीको चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्