
नयाँ दिल्ली, साउन १६ । भारतीय विदेश मन्त्रालयका अनुसार साउदी अरबमा १० हजार भारतीय नागरिक भोकमरीको शिकार भएका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साउदीमा रहेका भारतीयहरुलाई भोकमरीको शिकार बनेका भारतीय नागरिकलाई सहयोग गर्न अपिल गरेकी छन् ।
वैदेशिक रोजगारीका लागि साउदी पुगेका झण्डै ३० लाख भारतीयमध्ये १० हजारको हाराहारीमा भोकमरीको शिकार बनेको बताइएको छ । कच्चा तेलको मूल्यमा गिरावट आएपछि साउदी अरब र अन्य खाडी मुलुकमा आर्थिक संकट निम्तिएको हो । जसका कारण साउदीका केही कम्पनी बन्द भएका छन् भने केहीले समयमा पारिश्रमिक दिन नसकेको बताइएको छ ।
भारत सरकारकाअनुसार साउदी अरब, बहराइन, कुवेत, कतार, युएई र ओमानमा गरी करिब ६० लाख भारतीय वैदेशिक रोजगारीमा छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्