१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बिना पारासुट २५ हजार फिट माथिबाट हामफालेर विश्व कीर्तिमान


0
Shares

काठमाडौं, साउन १६ । अमेरिकी स्काइडाइभर लुक एइकिन्सले बिना पारासुट २५ हजार फिट माथीबाट हाम फालेर कीर्तिमान कायम गरेका छन् ।

दक्षिणी क्यालिफोर्नियामा बिना पारासुट २५ हजार फिट माथीबाट हाम फाल्दै सुरक्षित जालीमा अवतरण गरी एइकिन्सले गिनिज बुकमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

२६ वर्षदेखि स्काइडाइभिङ पेशामा आबद्ध ४२ बर्षे एइकिन्सलाई २५ हजार फिटबाट अवतरणका लागी राखिएको जालीसम्म आइपुग्न २ मिनेट लागेको थियो । उनको यो साहासिक कार्यलाई फक्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

एइकिन्सले २ वर्षअघि साथीहरुले आफूलाई यो साहासिक कार्यका लागी हौसला दिएको बताएका छन् ।

युएस पारासुट एसोसियसनका ट्रेनिङ एडभाइजर रहेका एइकिन्सले आफुले देखेको सपना यथार्थमा परिणत हुँदाको खुसी शब्दमा बर्णन गर्न नसक्ने बताए ।