
काठमाडौं, साउन १६ । हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) हाँस्यव्यङग्य कार्यक्रम भद्रगोलबाट स्थापित भएका हुन् । तर यतिबेला उनीहरुको परिचय गायकका परिणत भएको छ ।
‘सोलमारी जान्छु, डबका हान्छु’ बोलको रमाइलो गीत गाएर उनीहरुले गायन यात्रा सुरु गरेका छन् । हाँस्यव्यङ्ग मिश्रीत उनीहरुको यो गीतको भिडियो समेत तयार भएको छ ।
गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजिक भिडियो पनि आफैले निर्देशन गरेका छन् । भिम बिसीको संगीत भरेको गीतको भिडियो हसाउने किसिमको छ ।
भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् । सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।
प्रतिक्रिया दिनुहोस्