
काठमाडौं, साउन १६ । अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो
टेक्ससको राजधानीभन्दा झन्डै ५० किलोमिटरको दुरीमा एयर बेलुन खेतमा झरेको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यमले बिजुलीको तारमा ठोक्किएर बेलुनमा आगो लागेको हुनसक्ने आशंका गरेका छन् ।
तर त्यसको पुष्टि भने अधिकारीहरुले गरेका छैनन् । एक घण्टाका लागि उडेको बेलुन आधा घण्टामा नै खसेको थियो । घटनाबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्