
काठमाडौं, साउन १५ । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले सनसनीपूर्ण जित हासिल गरेको छ ।
पाल्लेकेलेमा भएको खेल घरेलु टोली श्रीलंकाले १०६ रनको फराकिलो अन्तरले जितेको हो ।
२६८ रनको चुनौती पछ्याएको अष्ट्रेलिया शनिबार १६१ रनमै समेटिएपछि श्रीलंकाले शानदार जित हासिल गरेको हो ।
खेलको पहिलो इनिङमा ११७ रनमै समेटिएर ८६ रनले पछि पर्दै आलोचना खेपेको श्रीलंकाले दोस्रो इनिङमा म्यान अफ द म्याच कुशल मेन्डिसको १७६ रनको मद्दतले ३५३ रन बनाएर अष्ट्रेलियालाई दबाबमा राखेको थियो ।
पहिलो इनिङमा ४ विकेट लिएका रंगना हेराथले दोस्रो इनिङमा ५ विकेट लिए ।
यो जितसँगै श्रीलंकाले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्