१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टर्कीका राष्ट्रपतिले आफ्नो अपमान सम्बन्धि दुई हजार मुद्दा फिर्ता लिने


0
Shares

काठमाडौं, साउन १५ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

असफल सत्ता कब्जाका क्रममा मारिएका एक सयभन्दा बढी व्यक्तिको सम्झनामा राजधानी अंकारामा गरिएको कार्यक्रममा राजनीतिक सदभाव स्वरुप यो मुद्दा फिर्ता लिइएको घोषणा उनले गरे ।

गएको दुई वर्षमा राष्ट्रपतिको अवहेलना गरेको नाममा यस्ता दुई हजार मुद्दा दायर गरिएको थियो । कार्यक्रममा एर्दोगानले अमेरिका र यूरोपीय सरकारहरुको पनि कडा आलोचना गरे ।

टर्कीको लोकतन्त्रको सट्टा सत्ता कब्जा गर्नेप्रति चिन्ता व्यक्त गर्नेहरु कहिल्यै टर्कीको मित्र हुन नसक्ने चेतावनी दिए ।

उनले एक अमेरिकी कमाण्डरले यस षडयन्त्रमा साथ दिएको आरोप पनि लगाए । अमेरिकाले भने एर्दोगानको यस आरोपको खण्डन गरेको छ । (एजेन्सी)