११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


मैत्रीपूर्ण महिला भलिबलमा नेपाल जितको खोजीमा, आज दोस्रो म्याच


0
Shares

काठमाडौं, साउन १४ । नेपाल र भारतको महिला टोलीबीचको दोस्रो मैत्रिपूर्ण भलिबल खेल आज हुँदैछ ।

हिजो भएको पहिलो खेलमा पराजित भएको नेपाल आज अझै सुधारिएको प्रदर्शन गर्ने तयारीमा छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हिजो भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । दक्षिण एसियाको शीर्ष टोली भारतले नेपाललाई २०–२५, १९–२५ र २५–२७ ले पराजित गरेको हो ।

विश्व भलिबलको वरियतामा ५७ औं स्थानमा रहेको भारतविरुद्धको यो स्कोर नेपालको अहिलेसम्मकै सम्मानजनक हो ।

यसअघि फराकिलो सेट स्कोरमा पराजित हुने गरेको नेपालले यसपटक भने भारतलाई टक्कर दिएको थियो ।