११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


नेपाल भारतसँग पराजित


0
Shares

काठमाडौं, साउन १३ । मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय महिला टोली भारतसँग पराजित भएको छ ।

काठमाडौंस्थित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा विहीबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

दक्षिण एसियाको शीर्ष टोली भारतले नेपाललाई २०–२५, १९–२५ र २५–२७ ले पराजित गरेको हो ।

नेपालले शुक्रबार भारतविरुद्ध नै दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

विश्व भलिबलको वरीयतामा भारत ५७औं स्थानमा रहेको छ । नेपाल भने हालसम्म वरीयताविहीन छ ।

दक्षिण एसियाली खेलकुद सागमा महिला भलिबलतर्फ तीनपटक सहभागिता जनाएको भारतले तीनैपटक स्वर्णपदक जितेको छ ।

आसन्न १३औं सागको अभ्यासका लागि भन्दै भारतविरुद्ध २ मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको हो ।

बलियो टोलीसँग खेल्दा खेलाडीको कौशल र टोलीको प्रदर्शन सुधारिने विश्वास नेपाली टोलीले लिएको छ ।