
काठमाडौं, साउन १२ । सिरियाको उत्तर पश्चिम क्वामिश्ली सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले बुधबार गराएको विस्फोटमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।
कुर्दिसहरुको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो ।
कुर्दिसको सुरक्षा मुख्यालयनजिक भएको विस्फोटमा अरु धेरैजना घाइते भएका छन् ।
आइएसले यसअघि पनि कुर्दको बाहुल्य रहेको क्षेत्रमा आक्रमण गर्दै आएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्