७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भर्खरै एसएलसी पास गरेकी श्रीषा पल शाहसँग रोमान्समा (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं । मान्छेले आफ्नो प्रतिभा जन्मेदेखि नै देखाउन थाल्छ । बाल्यकालदेखि नै गीत गाउन रुची देखाउने श्रीषा कुँवरले यसैवर्ष एसएलसी पास गरेपछि थप सक्रियता देखाएकी छिन् ।

गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रीषाले शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्दमा गाएको ‘हल्का हल्का…’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरेकी छिन् । मेलोडियस संगीतमा आधारित यो आधुनिक गीतको म्युजिक भिडियो युट्युबमा मजाले हेर्न पाइन्छ ।

प्रसन्न पौडेलद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायिका कुँवरले अभिनेता पल शाहसंग अनस्क्रिन रोमान्स गरेकी छिन् । ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियोका छायांकार विदुर पाण्डे हुन् भने टेकेन्द्र शाहले भिडियोको सम्पादन गरेका हुन् ।

कक्षा तीनमा अध्ययनरत छँदै देखि बुवासंग संगीतको प्रशिक्षण लिएकी श्रीषाले सानै उमेरमा गायक राजु परियारसंग ‘जीवन अधुरो…’ शीर्षकको लोक गीत गाएकी थिइन् ।

‘आज त म हुँ कोपिला…’ शीर्षकको बाल गीतमा पनि श्रीषाकै स्वर सुन्न सकिन्छ । सानैदेखि गायिका बन्ने लक्ष्य लिएकी श्रीषाले संगीतकर्मी शारदा क्षेत्रीसंग चार वर्षको उमेरमा संगीत तथा गायनको प्रशिक्षण लिन थालेकी थिइन् ।

श्रीषाले आफ्ना गायक बुवा तुला पर्वतका केही गीतमा समेत मोडलिङ गरिसकेकी छिन् । ‘हल्का हल्का…’ मा गरिएको अभिनयबाट प्रसंशा पाएकी श्रीषा आगामी दिनमा समेत आफ्ना गीतमा आफैं मोडलिङ गर्ने बताउँछिन् । श्रीषा अहिले कक्षा ११ मा पढ्दैछिन् ।