
काठमाडौं, साउन ११ । स्वर्गीय पत्रकार सुर्यकुमार क्षेत्रीको स्मृतिमा राजधानीमा आयोजित मिडियाकप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार भएका खेलहरुमा विजयी हुँदै इमेज च्यानल, नेपाल टेलिभिजन, फोटो जर्नालिस्ट क्लब र नेपाल वान टेलिभिजन सेमिफाइनलमा पुगेका छन् ।
क्वार्टरफाइनल खेलमा इमेज च्यानलले माउन्टेन टेलिभिजनलाई ८–३ को फराकिलो अन्तरले पराजित गर्यो ।
यसैगरी, अन्य क्वार्टरफाइनल खेलहरुमा नेपाल वान टेलिभिजनले एबीसी टेलिभिजनलाई पराजित गर्दा फोटो जर्नालिस्ट क्लबले कान्तिपुर टेलिभिजनलाई ६–३ ले हरायो ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरु बुधबार हुनेछन् ।
पहिलो सेमिफाइनलमा नेपाल टेलिभिजन र नेपाल वान भिड्दा दोस्रो सेमिफाइनल खेलमा इमेज च्यानलले फोटो जर्नालिस्ट क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्