११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


क्रिकेट विवाद समाधान गर्न भन्दै आइसीसीको टोली नेपाल आइपुग्यो


0
Shares

काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोली नेपाल आइपुगेको छ ।

पाँच सदस्यीय टोलीका तीन सदस्य सोमबार नेपाल आइसकेका छन् । बाँकी दुई सदस्य मंगलबार आउने कार्यक्रम छ ।

टोलीमा आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डशन, कानुनी अधिकारी पल म्याक्माहन, डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा रहेका छन् ।

नेपाली क्रिकेटमा सबै विवादित पक्षहरुसँग टोलीले छलफल गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछिको अवस्थाबारे अध्ययन गर्न आइसीसीको टोली नेपाल आएको हो ।

चारदिने नेपाल बसाइँकाक्रममा आइसीसी टोलीले विवादित दुईओटा क्रिकेट संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारका प्रतिनिधि र सम्भव भएसम्म सरकार प्रमुखलाई भेट्ने योजना बनाएको बुझिएको छ ।