१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतमा स्कुल भ्यान र रेल ठोक्किँदा १० विद्यार्थीको मृत्यु


0
Shares

काठमाडौं, साउन १० । भारतमा विद्यार्थी चढेको भ्यान र रेल एक–आपसमा ठोक्किँदा १० जना विद्यार्थीको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको बाराणसीमा सोमबार बिहान भएको दुर्घटनामा ९ जना घाइते भएका छन् ।

स्कुल भ्यानले सन्तुलन गुमाएपछि रेलसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

घटनालगत्तै स्कुल भ्यानमा आगजनी भएकाले अधिकांश घाइते जलेका छन् । घटनाबारे छानबिन गर्न बाराणसी सरकारले आदेश दिएको छ । (एजेन्सी)