७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


को हुन डाक्टर केसी, कस्ता छन,उनका भित्री व्यावहार


312
Shares

संजिव कार्की –

“सुख र शान सौकत भएको मान्छेलाई तिमी एकजनाले नभेटेमा केहि फरक पर्दैन तर दुःख पाएको मान्छेलाई तिम्रो एक भेट र एक बचनले ठुलो आत्मविश्वास र आत्मसम्मान जगाउछ,”  स्वर्गीय उदयबहादुर केसी प्राय भेटमा भन्ने गर्थे ,सहयोग दुखीको लागि अमुल्य हुन्छ , हो तिनै केसीका छोरा डाक्टर गोविन्द के।सी आज दुखी रोगी र बिरामी को इलाजको सेवा गर्न आफ्नो जीवन दाउमा राख्दै पटकपटक मृत्युपत्रमा हस्ताक्षर गर्ने हिम्मत गर्छन ।
रोगी दुखी आपद विपदमा डाक्टर केसी :
२०४५ सालको भूकम्प देखि आपद विपदमा परेकाको सहयोगको लागि बढेको पाइला देशमा मात्र नभएर बिदेसमा पनि दर्जनौ पटक पुग्यो  देशको ७५ वटै जिल्लामा हिमाल, पहाड तराई मधेस सबै तिर यी डाक्टरको परोपकारी कर्म पुगेको छ ।२०६६ सालमा जाजरकोटमा फैलिएको हैजा होस् या दार्चुलाको बाढी पहिरो , २०६४ को कोशीको बाँध भत्कदा होस् या सुदुर गाउबस्तीमा आइपर्ने विपद यिनको मानवीय सेवा नफैलिएको ठाउँ छैन, यिनी जहाँ जान्छन त्यहाँ र त्यस क्षेत्रमा उपलब्ध स्वास्थ्य कर्मीलाई तालिम दिएर बिरामीको उपचार अनि बिरामीलाई कहाँ र कुन ठाउमा कसरि पठाउने भन्ने सूचना पनि दिन्छन !
मानवीय सेवा र क्षेत्रको लागि कुनै सीमा दुरी क्षेत्र र देशको भूगोल हुन्न जहाँ आपद विपद छ त्यहाँ मानव सेवा पुग्नुपर्छ भन्ने मान्यताले यिनलाई डोर्याउने रहेछ ! २००१मा भारतको गुजरातमा महाभूकम्प आउदा भुज क्षेत्रमा तिन हप्ता सेवा पुर्याए,२००५ को पाकिस्तान मा गएको भूकम्पको बेला साँढे २ साता सक्रिय रहेर बिरामीको उपचार गरे, २००८मा बर्मामा आंधी आउदा १२ दिन लुकिछिपी खटिएर आफ्नो मानवियता देखाए ! २०१० मा हाइटीमा भूकम्प जाँदा १६ दिन बसेर घाइते र बिरामीको उपचार गरे ,फिलिपिन्समा आएको भिषण आँधीबेहरी संगै यिनको मनमा पनि मानवीय भावनाको आँधीबेहरी र हुरी चल्यो तब फिलिपिन्सको ताक्लोवान सहरमा ओर्लिए र रात दिन खटेर पिडितको घाउमा मलम लगाए !भारतको उत्तराखण्डमा आएको बाढीपहिरो ले पनि यिनको मन अशान्त भयो त्यहाँ पनि ज्यानको जोखिम मोलेर पुगे उपचार गरेर फर्कने क्रममा लडेर बेहोस भै घाइते बनेर फर्किए !
गोविन्द केसी को बाल्यकाल र सिक्षा :
रामेछाप जिल्लाको माकादुम सिम्लेमा २०१४ सालमा माता मित्रकुमारी र पिता उदय बहादुर के सी को जेष्ठ सुपुत्रको रुपमा भएको हो  दुई भाई र दुई बहिनीहरु का जेठा दाजु डाक्टर के सी अबिबाहित छन् !दोलखाको झुले (जफे )जहाँ यिनको बाल्यकाल र स्कुले जीवन बित्यो ! आफ्नो मावली गाउको स्कुल , हालको अमर उच्च मा बि तत्कालिन अमर प्रा बि मा यिनले पनि कालो खरिपाटी र बाँसको पट्याङ्ग मा क ख शुरु गरे , सानै देखि इमान्दर र कर्तब्य निस्ठ अनि अलि हठी यिनको स्वभाव थियो भनेर सम्झन्छन् के सी का गुरु पण्डित नरहरि काफ्ले , पढाईमा अब्बल र तेज अनि मामा घरको प्रिय भान्जा भएकोले स्कुल अनि मावली गाउमा सबैको आँखाको नानी थिए बाल्यकाल देखि नै केसी ! गाउघरको खेतीपाती दाउरा घाँस लेकबेशी सबैमा सानै देखि भिजेका केसी अरुको दु:ख देख्दा सानै देखि द्रवित हुन्थे भनेर उनका मामाहरु भन्छन  । मामाघरमा हुने  जूजापाठ दानधर्म अनि परोपकारी काम मा खुबै चासो पुर्वक केटाकेटी उमेरमा नै खटने र जिज्ञासु भएकाले  सामाजिक र परोपकारी कार्यमा मामा घरको प्रभाव भनी के सी बारम्बार सम्झने  गर्छन ।
केसीको अरु स्वभाव र बिशेषता :
मानिसलाई आफनो प्रचारको  भोक  अति  धेरै हुन्छ तर  यी  मनुवा आफ्नो प्रचार चाहदैन थिए ।जसले गर्दा पनि उनको परोपकारी कार्यको मान्छेहरुले अनशनको माध्यम बाट सत्याग्रह गरे पछि मात्र थाह पाउने मौका पाए ! मोबाइल बोक्न थालेको पनि धेरै भएको छैन ! बर्षौ  सम्म  उही  कपडा र  उही  भेषमा  हिड्छन् , नफाटे सम्म  कपडा  नयाँ किन्ने आवश्यकता महशुस गर्दैनन् !सामान्य खानपान र सात्विक परिकार नै उनको रोजाई हो !प्राय मफिन केक र कोक यिनको बाहिर खाने प्रिय खाना हो ! एक्लै बस्ने , आफ्नो काम सबै आफै गर्ने नियमित रुटिनमा चल्ने सादा र एकलकाँटे जिन्दगि मै यिनी रमेको देखिन्छ ! अल्पहारी कुनै तडकभडक बिनाको सरल र सादगी जो कसैले पनि छोटो भेटमा नै जान्न प्रयाप्त हुन्छ ! व्यक्तिगत , पारिवारिक सुख सयल भन्दा पृथक रहेर सामाजिक कार्य र आफ्नो कर्म थलो शिक्षण अस्पताल मा नै आफ्नो सबै समय व्यतित गर्छन ! आफ्नो परिवार र नातागोता को अपेक्षा भन्दा फरक छन केसी !अफ्नाहारु बिसेस र छुट्टै ब्यबहारको अपेक्षा गर्छन तर यिनी सबैलाई उस्तै र बिरामी लाई जे गर्नु पर्ने हो सो गर्छन , हस्पिटल मा छुट्टै भनसुन गर्दैनन् आफन्त भनेर झ्याल बाट तानेर चेक जांच गर्दैनन्, हस्पिटलको नियम भन्दा बडी बिसेष सुबिधा आफ्ना नाता गोता इस्टमित्र र साथीभाइको लागि छुट्याउदैनन तसर्थ हाम्रो जस्तो समाजमा यी प्रति आफन्तको गुनासो रहिरहन्छ , हामीलाई बिसेस गरेन  लाईन बस्नु पर्यो , टिकेट काट्नु पर्यो , पालो कुर्नु पर्यो ! आफन्तको बिहे ब्रतबन्ध भोज निम्तोमा भन्दा बिरामीको सेवामा नै आफुलाई बढि समर्पित गर्छन , मरौ परौमा भने जसरी हुन्छ पुग्न हतारिन्छन अन्यथा अरु बेला बिरामी र विद्यार्थी नै यिनको दिनचर्या हो !
आफुसंगका आफुभन्दा अघिका र आफु भन्दा पछिका डाक्टर हरुको सामाजिक आर्थिक र भौतिक उन्नति शिखर उक्लेको बेला यिनलाई भने आफ्नो खर्च धान्न पनि संधै मुश्किल र धौधौ छ ! डाक्टरहरु फेरी फेरी नया नया ब्रान्ड का लक्जरियस् गाडी चढ्दा यी भने यसपटक पनि राम्रो साइकल किन्न सकिन भनेर गुनासो गर्छन ! देश विदेश जहाँ जाँदा पनि अरुको सहयोग लिन मान्दैनन , आफ्नै कमाईबाट बचेको पैसाले सेवा गर्नुको आनन्द अरुको भन्दा भिन्न र मजा हुन्छ भन्ने यिनको सौख छ ! आर्थिक पारदर्शिता को कारण पनि अरुको सहयोगमा अप्ठ्यारो महशुस गर्छन ! अरुले दिने सहयोगमा कहिँ कहिँ स्वार्थ जोडिएको हुनसक्छ , फेरी सहयोग लिएपछि त्यसको उचित हिसाब किताब र निगरानी पनि गर्नु पर्यो जसको लागि उनीसंग समय पनि छैन बरु जे सकिन्छ जति सकिन्छ आफ्नै तबरले खर्च ब्यबस्थापन र सहयोग गर्नमा नै रम्छन डाक्टर केसी !
घर परिवारको संधै गुनासो र चिन्ता हुन्छ कहाँ र कति बेला जाने हो हत्तपत्त खबर गर्दैनन् , कहिले कहिँ एक दुइ दिन एक दुइ हप्ता हैन महिनौ सम्पर्क बिहिन हुन्छन ! पद यात्रा र फोटोग्राफी का सौखिन डाक्टर केसी , प्राकृतिक सुन्दरताको खुबै बयान गर्छन , फोटो संकलन गर्छन ! काठमाडौँ र पोखरामा यिनले फोटो पर्दर्शनी गरिसकेका छन् !आफुले प्राप्त गरेको पुरुस्कारको राशी कुनै कल्याणकारी कार्य मा खर्च गर्नु भन्दै स्वयम् दातालाई नै फर्काउने गर्छन !
डाक्टर गोविन्द केसी पुन चर्चाको शिखरमा छन् , यिनी म अब भोकै बस्छु भनेर जब घोसणा गर्छन तब धेरैको निद हराम हुन्छ, ठुला ठुला पावर सेन्टरहरु अनि देशभर एउटा तरंग उत्पन्न हुन्छ धेरै तरंगित हुन्छन अनि यिनलाई पनि तरंगी बहुला , पागल मानशिक रोगी आदि इत्यादी भनेर गालीगलौज, मान मर्दन र तेजोबध गर्ने ठेक्का लिएर नै मान्छेहरु संगठित हुन्छन तर यिनलाई गलाउन सक्तैनन् थकाउने र थर्काउने कोशिस गर्छन तर यिनको अग्लो नैतिकताको अघि सब बामपुड्के हुन्छन ! यिनी भोकै बस्छन साइड इफेक्ट यस्तो डरलाग्दो हुन्छ कि माफियाहरु तिल्मिलाएको देखिन्छ अनेक हथकण्डाको नौटंकी हुन्छ यिनको सत्याग्रह लाई बदनाम पार्ने अनेक सड्यन्त्र छलछाम तिकडम चल्छ जसलाई के सी को नैतिक अस्त्रले संधै भुत्ते र छियाछिया पारिदिन्छ ! अनशन को आठौ शृंखलाको पुर्व सन्ध्यामा पनि यस्तै एउटा पाखण्डी खेल अख्तियार द्वारा खेलियो जो तिल्मिलाएको एउटा हद र प्रमाण थियो र छ ! डाक्टर के सी बिरुद्द एउटा शक्तिशाली अखडा यसरि खनियो जो के सी कै मान मर्दन को लागि नै जन्मिएको हो ! केसी भोकै बस्ने कुराले अख्तियारको यति टाउको दुख्यो कि के सी लाई मानशिक रोगी भएको र उपचारको लागि सरकारलाई आग्रह मात्रै गरिएन , आफ्नो धर्म बाट च्युत भएको र कसैको गोटी अनि भ्रस्टहरुको माखेसान्ग्लोमा जेलिएको खोक्रो अभियानको प्रायोजित अभियन्ता बन्न लागेको आरोपले भिभुषित गरियो !यसै बाट थाह हुन्छ केसीसंग कति बलियो नैतिक हतियार रहेछ । यहि नैतिक हतियार र दरिलो आत्मविस्वास अनि आत्मस्वाभिमानको हतियार बोकेर बिबिध प्रतिकुलता लाई चिर्दै के सी सिक्षण हस्पिटलको एउटा कुना बाट देशका भ्रस्ट दलाल माफिया र अनैतिक हरुलाई च्यालेन्ज दिईरहेछन चिकित्सकीय धर्म भनेको मानवियता हो जसले आफ्नो शत्रुको समेत उपचार गरेर आफ्नो धर्म पुरा गर्नुपर्छ । तर डाक्टर गोविन्द के।सीलाई उनकै कर्म थलोमा अस्पताल प्रसासनले बिभिन्न बाधा र व्यवधान खडा गरिएको छ सामान्य उपचारको प्रबन्ध गर्नुको साटो उपचारमा संलग्नलाई कार्यबाही गर्ने धम्कि दिएको छ !
राज्य केसीको मागसंग अन्ततः सहमत हुन्छ । सबै पार्टी र तिनका नेताहरु के सी ले उठाएको एजेन्डा स्वीकार गर्छन र पालन र कार्यन्वयन गर्ने सहमति गरेर राज्य उनको अनशन तोडाउने सातौ शृंखला सम्म पुग्छ तर केही टालटुल छोपछाप पारेर सहमतिलाई पालन गरेको भान दिइन्छ तर समस्या जहाको तही तब केसीको पारो तात्न थाल्छ अनि सत्याग्रहको अर्को शृंखला सुरु हुन्छ !अहिले पनि आठौ चरणको शृंखला जारी छ , केसीको सहयोग र समर्थनमा जनताको चेतनाको लहर यति बढेको छ कि सरकार झुक्न बाध्य हुनेछ तर हाम्रो सरकारहरु बहिरो हुने हुनाले हतपत कान सुन्दैनन् तब कान तान्न जरुरि छ जनताको चेतना कसैको बन्धक हुँदैन जनता जुरुक्क उठेर सरकारको कान फुट्ने गरि चिच्याउन ढिला नगरौ ।