१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चीनमा बाढीमा परी १ सय ५० जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन ९ । चीनमा आएको बाढीमा परि १ सय ५० जनाको मृत्यु भएको छ । चीनको उत्तरी र मध्य भागमा आएको बाढीका कारण हजारौं घरबारविहीन बनेका छन् ।

बाढीका कारण हेबई र हेनान प्रान्तका हजारौं घर डुबानका परकाले त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीमा सयभन्दा बढी हराईरहेका छन् भने ५० हजार घर ध्वस्त भएका छन् ।

बाढीका कारण बिजुलाी आपूर्तिसमेत प्रभावित हुँदा हजारौं सर्वसाधारण थप मारमा परेका छन् ।

उद्धारका लागि परिचालन गरिएका हजारौं उद्धारकर्मीले घरभित्र फसेकाहरुलाई निकाल्नुका साथै ठाउँ ठाउँमा पुरिएका सवारीसाधन पन्छाइरहेका छन् । यसैबीच चीन सरकारले बिस्थापितहरुलाई तत्काल राहतको ब्यबस्था मिलाएको छ । (एजेन्सी)